नेताहरु स्वार्थसिद्ध गर्नतिर लागे : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरु आफ्नै स्वार्थसिद्धका लागि लागिरहेको आरोप लगाएका छन् । अखिल नेपाल उद्योग व्यापार संघद्वारा भर्च्यूअल रुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘देशको बागडोर सम्हाल्ने नेताहरु नै आफ्नो स्वार्थसिद्ध गर्नतिर लागेका छन्,’ अध्यक्ष केसीले भने— ‘लोकतन्त्रमा यस्तो पनि देखियो ।’

कोभिड महामारीमा समेत मन्त्रीहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अध्यक्ष केसीले टिप्पणी गरे । ‘मुलुकमा कोभिड महामारी चलिरहँदा पनि सरकार आफ्नै गतिमा सुस्ताइरहेको छ,’ अध्यक्ष केसीले भने— ‘सरकार नै भ्रष्ट भयो ।’

वर्तमान सरकारले अहिलेसम्मको राजनीतिक उपलब्धिलाई नै धरापमा पारेको बताए । ‘खासगरी ०६२/६३ सालपछिका उपलब्धिहरुलाई एकपछि अर्को सिध्याउन वर्तमान सरकार उद्धत छ । यस्तो गतिविधिले संविधान र लोकतन्त्रलाई नै धरापमा पारेको छ । यस्तो प्रतिगमनविरुद्ध सम्पूर्ण जनता एकजुट हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *