भोलि र पर्सि परीक्षा नियन्त्रण कार्यालयका बाह्य सेवा बन्द

काठमाडौं । भोलि (बिहीबार) र पर्सि (शुक्रबार) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा दिइँदै आएका सम्पूर्ण बाह्य सेवा बन्द हुने भएका छन् ।

बुधबार सूचना जारी गरी विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बिहीबार र शुक्रबार सम्पूर्ण बाह्य सेवा बन्द हुने जनाएको हो ।

‘हाल विश्वभिर महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोस्रो लहरको प्रकोपका कारण यस कार्यालयमा कार्यरत चार जना कर्मचारीहरू कोरोना संक्रमित भएकाले मिति २०७८।३।२४ र २५ गतेका दिन त्रि.वि.प.नि.का. बल्खुद्वारा दिइँदै आएका सम्पूर्ण बाह्य सेवा बन्द गरिएको सूचना सम्बद्ध सबैलाई जानकारी गराइन्छ‚’ कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आइतबारदेखि भने सबै सेवा पुनः सुचारु हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *