मन्त्रिपरिषद् पुनःगठन गर्दै मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरेका छन् । वर्तमान मन्त्रिपरिषद्का १२ जना मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री मोदीले पुनःगठनको तयारी गरेका हुन् ।

राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्षवर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायत छन् । यसअघि नै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरेका थिए । उनले चरणबद्धरुपमा मन्त्रीहरुसँगको भेटघाटलाई तीव्रता दिएका थिए ।

त्यहाँ कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको समयमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरेका हुन् । भारतीय समाचार एजेन्सी एएनआईकाअनुसार बुधबार (आज) ४३ नयाँ मन्त्रीहरुले शपथ लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *