एसबिआई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा चिकित्सा उपकरण हस्तान्तरण
२०७८ असार २३ गते

काठमाडौं । आफ्नो वार्षिकत्सवको अवसरमा नेपाल एसबिआई बैंकले वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।
उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको हो ।
वीर अस्पतालमा आयोजना भएको समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।
२०७८ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित









