मजदुर निष्काशनको विरोधमा हुलास वायरका मजदुर आन्दोलित

विराटनगर । ग्रामथान गाउँपालिकाका बर्जुलाल माझीले हुलास वायर ईन्डस्ट्रिजमा काम गर्न थालेको २० वर्ष नाघ्यो । २०५६ सालदेखि उनले कहिल्यै काम छाड्नुपरेन । अप्ठ्यारो परेको बेला तत्काल उनलाई उद्योगले बोलाउँथ्यो अनि काममा लगाउँथ्यो । उनीभन्दा पछि आएकाहरू धेरै जना स्थायी भए कोही अस्थायी भएर काम पनि गरिरहेका छन् । तर उनी सधैंको मजदुर लेबरको रुपमा काम गरे ।

उनलाई स्थायी गर्नु त परैको कुरा‚ अस्थायी गराउने बारेमा पनि कम्पनीले कहिल्यै सोचेन । बर्जुलाल भन्छन्, ‘सधैं साप्ताहिक ज्यालामा काम गर्थेँ ।’ साप्ताहिक ज्यालादारीमा काम गरेका उनलाई जुन दिन काम गर्न जान्छन्‚ त्यही दिनको मात्र ज्याला दिइन्छ‚ बिरामी परेर घर बसेका बेला उनले पाउने कुनै पनि सेवा सुविधा पाउँदैनन् ।

No description available.

गत बुधबारदेखि मंगलबारसम्मको ज्याला थापेर खुसी हुँदै घर गएका बर्जुलाई बिहान उद्योगमा काम गर्न आउँदा गेटबाट प्रवेश गर्नै दिइएन । गेटमा बसेका पालेले काम गर्न नआउनू भनेको छ‚ सूचना निकालिएकाहरुलाई भित्र प्रवेश नदिनू भन्ने निर्देशन आएको छ भनेपछि उनी छक्क परे । त्यहीँ बस्दै गर्दा उनीजस्तै काम गर्न आएका धेरै मजदुरलाई भित्र प्रवेश गर्न दिइएन । काम गर्न नदिएपछि बाहिर जम्मा भएका मजदुरहरूले उद्योगका कसैलाई पनि हुलास वायर ईन्डस्ट्रिजभित्र प्रवेश दिएनन् ।

No description available.

नियमित काम गर्दै आएकाहरुलाई एक्कासी काममा नआइज भनेर सूचना टाँस गरेपछि आन्दोलित हुनुपरेको अर्का मजदुर फेकु माझीले बताए । ‘सूचनामा निकालेको भनिएको छ, हामीलाई कुनैपनि जानकारी दिइएको छैन,’ उनले भने, ‘काम गर्न आउँदा एक्कासी काम गर्न प्रवेश नदिनु भनेपछि बाहिर बसेका हौँ ।’ कम्पनीलाई घाटा भएको भनेर निकालिदिएको भनेर जानकारीमा आएको उनले सुनाए । एक्कासी सूचना निकालेर लेबर तथा मजदुरलाई नआउन भनेको मजदुरहरुको भनाइ छ । वर्षौंसम्म उद्योगमा काम गरेका दैनिक ज्यालादारी र करारका मजदुरलाई निकालिएको अर्का एक मजदुरले बताए ।

No description available.

मजदुर निष्कासन गरेको विरोधमा बुढिगंगा गाउँपालिकाको बाँसबारीमा रहेको हुलास वायर ईन्डस्ट्रिजका मजदुरले बिहानैदेखि हड्ताल गरेका छन् । बिनाजानकारी प्रशासनले कामबाट निष्कासन गरेको विरोधमा मुख्य गेटमा बसेर उनीहरू आन्दोलित भएका हुन् । मजदुर आन्दोलित भएपछि अहिले उद्योग संचालक र मजदुर नेताका बिच वार्ता भइरहेको छ ।

No description available.

उद्योग प्रशासनले भने ५ वटा जिआई प्लान्टमध्ये २ वटा चलेको अवस्था रहुन्जेल सबैलाई काममा लगाइएकोमा एउटा प्लान्ट बन्द भएपछि केही दिनका लागि काममा नआउन भनेको उद्योग प्रशासनले जनाएको छ । आन्दोलित मजदुरहरूले १५० जनालाई एकै पटक कामबाट निष्कासन गरिएको आरोप लगाइरहेको अवस्थामा उद्योग प्रशासनले भने करिब ८६ जना निष्कासनमा परेको पुष्टि गरेको छ ।

उद्योगका म्यानेजर मुकेश कोठारीले उद्योग सिजनल भएका कारण अहिले उद्योगमा समस्या भएकाले मजदुरहरुलाई केही दिनका लागि काममा नआउन भनिएको बताए । त्यस्तो समस्या केही भएको होइन, मजदुर आन्दोलित हुनुको कारण त्यस्तो केही पनि नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *