फेरि बढ्यो पेट्रोलियम मूल्य, खाना पकाउने ग्यासमा पनि २५ रुपैयाँ वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियमको मूल्य बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २-२ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *