ईक्यानको पहलमा श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले दिने छात्रवृत्तिमा आवेदन दिने समय थप

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले नेपाली विद्यार्थीलाई दिने भनिएको छात्रवृत्तिका लागि आवेदन दिने समय ८ दिन थपिएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को पहलमा छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको ईक्यानले जनाएको छ ।

यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भएपनि ईक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्‍याइएको जनाएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने ईक्यानले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ ।

साथै विद्यार्थीले दुतावासको बेवसाइटमा गएर वा मार्फत् सिधै आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *