स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको मनसुन अफर’

काठमाडौं । अनलाइन मेगा स्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्ट डोकोको प्राप्तिपछि स्मार्ट डोकोले अफर ल्याउन लागेको हो ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् । यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ । कम्पनीले हिमालयन बैंकका प्रि-पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (५०० सम्म) अफर समेत ल्याएको छ ।

स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रोनिक्स, बेबी प्रडक्ट, किचन वेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ । स्मार्ट डोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा। ब्राउन, क्रेन, बीबीलुभ, सीजी जस्ता ब्रान्डहरुमा आकर्षक अफर समेत ल्याएको छ ।

ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब-क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्ट डोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर र काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *