ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन (रेबान) बीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यका लागि सम्झौता भएको छ ।

रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले रेबानमा आवद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान  गर्नै  बैंकले जनाएको छ ।

सम्झौता पश्चात् ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तीय सेवा प्रदान गर्नुका साथै रेबानअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *