डाबर नेपालको ‘रियल इम्यूनो म्याङ्गो प्लस’ जुस बजारमा

काठमाडौं । डाबर नेपालले नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट यो जुस उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

यो जुस नेपालकै पहिलो फोर्टिफाइड जुस भएको भन्दै फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालका लागि यो बिल्कुलै नयाँ उत्पादन भएको कम्पनीले दाबी गरेको छ ।

यो जुसमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह,तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्क समावेश गरिएको कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य २५० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *