प्रदेश १ : माओवादीका कारण निरन्तर प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले तेस्रोपटक प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा गतआइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सांसदले सदन अवरुद्ध गरेका हुन् ।

भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बिरबाबु गुरुङले सदनबाट असंवैधानिक, अमर्यादित, अनैतिक र गैरजिम्मेवारी तरिकाले सांसदलाई गाली गलौज गरेको भन्दै माओवादीले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

माओवादी केन्द्रले मन्त्री गुरुङले आत्मालोचनासहित प्रदेश सभाको रोस्टमबाट माफी माग्नुपर्ने माग राखेको छ । माओवादीले मन्त्री गुरुङले प्रदेश सभामा बोलेको रेकर्ड हटाउनुपर्ने समेत माग अघि सारेको छ ।

माओवादीको अवरोधका कारण बैठक सोमबार दिउँसो २ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =