एमालेको अर्को बैठक सर्वोच्चको फैसलाको भोलिपल्ट बस्ने

काठमाडौं । एमालेको संस्थापन पक्षको अर्को (१४औं) केन्द्रीय कमिटी बैठक सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको फैसलाको भोलिपल्ट बस्ने भएको छ । शुक्रबार शुरु भइ शनिबार (आज) सकिएको १३औं केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओलीलाई उद्धृत गर्नै केन्द्रीय सदस्य सूर्य थापाले भने— ‘१४औं बैठक सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध गरेका फैसलाको भोलिपल्ट बस्नेछ । त्यसरी सूचना दिइनेछ ।’

अध्यक्ष ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा ‘बादल’ले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको छ ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको थापाले बताए । थापकाअनुसार भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *