सरकारविरुद्ध विद्यार्थीको निरन्तर प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक भनिएको कदमविरुद्ध विपक्षी गठबन्धननिकटका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा लगाइएको बन्दाबन्दी खुकुलो भएसँगै लगातार प्रदर्शन गरिरहेका ५ दलसम्बद्ध विद्यार्थी संगठनहरुले आज पनि प्रदर्शन गरेका हुन् ।

यसैक्रममा चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसका स्ववियू सभापति मनोज वैद्यको नेतृत्वमा नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्लासमेत दहन गरेका छन् । यस्तै कोटेश्वर बहुमुखी क्याम्पसमा नेविसंघले प्रदर्शन गरेको छ ।

मसाल जुलुशमासमेत उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिनुपर्नेलगायतका मागहरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *