किसान पदमा जागिर खुल्यो, १० समुदायका १० परिवारलाई अवसर

काठमाडौं । बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषी र पशुपालनका लागि १० परिवार (श्रीमान/श्रीमती) का लागि आवेदन आह्वान गरिएको हो ।

प्रतिपरिवार ३२ हजार रुपैयाँ मासिक तलब तोकिएको किसान पदमा १० परिवार पनि विभिन्न जातीबाट छानिने छ । जसअनुसार गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ्ग मगर, ब्राह्मण, क्षत्री र नेवार परिवारका व्यक्तिहरुको आवश्यकता रहेको कम्पनीले जनाएको छ । यसका लागि उमेरको हद ४५ बर्ष तोकिएको छ ।

तलब सुविधाका रुपमा ३२ हजार रुपैयाँका साथमा बिमा, अतिरिक्त उपहार सुविधा पनि  उपलब्ध गराइने बतास एग्राेका भक्त कार्कीले मकालुखबरलाई जानकारी दिए । जसअनुसार उनीहरुलाई ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधी उपचार बिमा र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा सुविधा उपलब्ध हुनेछ ।

माहुरी यस्तै प्रतिपरिवारलाई गाई, बाख्रा, कुखुरा, हाँस माहुरी लगायत पशुपंक्षी कम्पनीले किनिदिने र त्यसबाट हुने आम्दानीको ६० प्रतिशत किसान स्वयमको हुने कार्कीले बताए । किसानहरुका लागि  १० वटा घर निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

किसानलाई अतिरिक्त उपहार सुविधामा घर पालुवा पशुपंक्षीदेखि जग्गा, विद्युतीय सामान, भान्साका सामग्री र सिरक डसनासम्मको सुविधा उपलब्ध गराइनेछ । विशेष सुविधा अन्तरगत मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्युनतम ब्याजमा किस्ताबन्दीको सुविधा छ । साझेदारी मान्यता अनुसार पशुपालनबाट प्राप्त हुने आम्दानीमा ६० प्रतिशत किसान परिवार र ४० प्रतिशत बतास एग्रो प्रालिलाई वितरण हुनेछ ।

  • हेर्नुहोस् विज्ञापन :-

प्रतिक्रिया

3 thoughts on “किसान पदमा जागिर खुल्यो, १० समुदायका १० परिवारलाई अवसर

  1. एकदम राम्रो कन्सेप्ट । तर जात चाहिँ नतोकेको भए हुने ।

  2. जात भात चै किन छुटायको होला अति जना को माग भने हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *