यूनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

काठमाडौं । यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड भएको ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट भएको कम्पनीले जनाएको छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *