ईसेवा र रिया मनी ट्रान्सफरबीच भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्सफर र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै रियाको संजालमा रहेका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानबाट सहजै ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने कम्पनीले जनाएको छ ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सको क्षेत्रमा ठुलो सहयोग पुग्ने दुवै कम्पनीले बताएका छन् ।

रिया मनी ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले भने‚ ‘हामी नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ ।हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्‍याउनेछ ।’

एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले भने, ‘अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्‍याउनेमात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *