सेयर बजार ४ अंकले घट्यो, ६ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौं । सेयर बजार परिसूचक बुधबार झिनो अंकले घटेको छ । यस दिन ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा परिसूचक समेटिएको छ । सेन्सेटिभ परिसूचक पनि ५२२.३७ अंकले घटेको छ ।

यस दिन ५ अर्ब ८३ करोड ८५ लाख ५१ ह्जार ४ सय ३५ रुपैयाँमा २ सय २० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, व्यापार, होटेल तथा पर्यटन, लघुवित्त, जीवन विमा, म्युचअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । घटेको बजारमा पनि केही कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतसम्म बढेको छ ।

पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पस फाइनान्स, प्रोग्रेसिभ फाइनान्सलगायत कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

खानीखोला हाइड्रोपावर, गणपति माइक्रोफाइनान्स, सबैको लघुवित्तलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *