ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा सहप्रा. केसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक विष्णु केसी नियुक्त भएका छन् । यसअघिका प्रमुख प्रा. पुष्पकमल सुवेदीको कार्यकाल पूरा भएपछि विभागकै सहप्राध्यापक रहेका केसी नयाँ विभागीय प्रमुख बनेका हुन् ।

केसीले मंगलबारबाट विभागीय प्रमुखका रुपमा काम थालेका छन् । केसीले विभागलाई थप गुणस्तरीय शिक्षा प्रदान गर्ने विभागका रुपमा चिनाउन लागि पर्ने बताए । मकालुखबरसँग उनले भने‚ ‘ग्रामीण विकास विभागलाई अब प्रयोगात्मक र अनुसन्धानात्मक अध्ययनमा जोड दिने विभागका रुपमा अघि बढाउने योजना छ ।’

विभागका सबै प्राध्यापक, विद्यार्थी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापनलगायत सबै पक्षको सहयोगमा ग्रामीण विकास विभागलाई एक गुणस्तरीय शिक्षाको नमूना विभाग बनाउन सकिनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

One thought on “ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा सहप्रा. केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *