त्रिविमा उपप्राध्यापक माग, तर विज्ञापनमै त्रुटि !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो ।

आयोगले कानून, ग्रामीण बिकास र मैथिली विषयका लागि उपप्राध्यापक माग गर्दै अनलाइन दरखास्त आह्वान गरेको छ । प्रतियोगिताका लागि योग्यता पुगेका ब्यक्तिले साउन १८ गतेसम्म र डबल दस्तुरमा साउन २५ गतेसम्म त्रिवि सेवा आयोगको वेवसाइटमा गई  दरखास्त फारम भर्न सकिने जनाएको छ ।

तर सूचनामा उल्लेख गरिएको आयोगको वेबसाइटको ठेगाना भने गलत राखिएको छ । सूचनामा www.tuservicecommssion.edu.np उल्लेख गरिएको छ । जुन लिंकमा आयोगको वेबसाइट खुल्दैन । आयोगको वास्तविक अनलाइन ठेगाना www.tuservicecommission.edu.np हाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *