व्यापार पुनः सुरु गर्न लागेका रिटेलर्सलाई कोका-कोलाको सहयोग

काठमाडौं । लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका-कोलाले महामारीबाट पुन: सुचारु हुने क्रममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा पसल संचालकहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएको कोका-कोलाले जनाएको छ ।

किराना पसलहरुको व्यवसायलाई पुनर्जिवित गर्ने प्रयासमा कोका-कोलाले व्हाट्स एपमार्फत द्रुत र सुविधा जनक अडरिङ सेवा सुरु गरेको छ । जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ । किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका-कोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ, जसले स्वचालित बिक्रेताहरुलाई र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँने जनाएको छ ।

यसको साथै खुद्रा बिक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली हयान्डलण्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका-कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने जनाएइको छ । यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पीपीई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।

लकडाउन पछि धेरै किराना स्टोरहरुले आफ्नो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका-कोलाले पसल संचालकहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिंगको लागि सहयोग पुर्याउँने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *