टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज-नेपाल ओलम्पिक कमिटीको साझेदारी

काठमाडौं । नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा ‘आयोजित ओलम्पिक डे २०२१’ को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति [आईओसी] को विश्वव्यापी पार्टनर हो । यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।

‘टोकियो २०२० ओलम्पिक’ मा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी भएको जनाएकोे छ । सहभागी २०७ देशमध्य नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने बिश्वास लिएको जनाएको छ ।

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =