युरोकपको नकआउट चरण आजबाट, दुई खेल हुँदै

काठमाडाैँ । युरो २०२० फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ का खेलहरु आजबाट सुरु हुँदैछन् । जसअन्तर्गत शनिबार राति दुई खेल हुँदैछन् ।

पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया खेल्नेछन् । नेदरल्यान्ड्सको जोहान क्रुफ रंगशालामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएकोमा डेनमार्क ६ पटक र वेल्स ४ पटक विजयी भएका छन् ।

डेनमार्क समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। सुरुवाती लगातार दुई खेल हारेपनि डेनमार्कले अन्तिम खेलमा सनसनिपुर्ण नतिजा निकाल्दै ३ अंकका साथ समुहको उपविजेता बन्यो। त्यस्तै वेल्स समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो।

याे पनि : अन्तिम १६ मा कुन टिमले कोसँग खेल्दै ?

इंग्ल्यान्डको वेम्बली रंगशालामा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको इटालीले समुह चरणका तीनवटै खेल जित्दै ९ अंक जोडेको थियो । अष्ट्रिया भने समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएकोमा इटालीले १० खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *