युरोकप : अन्तिम १६ मा कुन टिमले कोसँग खेल्दै ?

काठमाडौं ।  युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो ।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ । नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।

असार १२ गते शनिबार

वेल्स विरुद्ध डेनमार्क
समय : राति ९: ४५ बजे
कहाँ : आम्स्टरड्रम

इटाली विरुद्ध अष्ट्रिया
समय :राति १२: ४५ बजे
कहाँ : लण्डन

आइतबार असार १३ गते

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
समय : राति ९:४५ बजे
कहाँ :बुडापेस्ट

बेल्जियम विरुद्ध पोर्चुगल
समय : राति १२:४५ बजे
कहाँ : सेभिया

सोमबार असार १४ गते

क्रोएसिया विरुद्ध स्पेन
समय : राति ९:४५ बजे
कहाँ : कोपेनहेगन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
समय : राति १२:४५ बजे
कहाँ : बुखारेस्ट

मंगलबार असार १५ गते

इङ्ल्याण्ड विरुद्ध जर्मनी
समय : राति ९:४५ बजे
कहाँ : लण्डन

स्वीडेन विरुद्ध युक्रेन
समय : राति १२:४५ बजे
कहाँ : ग्लास्गो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *