स्वास्थ्य संस्था र अक्सिजन उद्योगले ५० करोडसम्म पुनरकर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वास्थ्य क्षेत्रका संस्थालाई प्रदान गरिने पुनरकर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधि २०७७ मा संशोधन गर्दै स्वास्थ्य क्षेत्रका संस्थाहरुले प्राप्त गर्ने पुनरकर्जाको सीमा २० करोडबाट ५० करोड रुपैयाँ पुर्याएको हो ।

राष्ट्र बैंकले बैंकहरुका लागि प्रदान गर्ने पुनरकर्जा रकमबाट स्वास्थ्य सेवा दिने संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अस्किजन प्लान्ट स्थापना गर्ने कार्यका लागि भने प्रतिऋणी ५० कराेडसम्म  पुनरकर्जा प्रवाह गर्न पाइने व्यवस्था गरेको हो ।

सरकारको नीतिअनुसार राष्ट्र बैंकले कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई लयमा ल्याउन सस्तो व्याजदरमा उद्यमी व्यवसायीले कर्जा पाउने गरी पुनरकर्जाको सुविधा ल्याएको हो । उद्योगी व्यवसायीले भने अन्य क्षेत्रका उद्योगहरुलाई समेत हाल २० करोडको सीमालाई २० प्रतिशतभन्दा बढीले बढाउन माग गरिरहेका हुन्छ ।

पुनरकर्जाअन्तर्गत लिइएको उद्योगी व्यवसायीले लिने ऋणको व्याज अधिकतम ५ प्रतिशतभन्दा बढी छैन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *