काठमाडौं महानगरको बजेट : सम्पत्ति करमा ९० प्रतिशतसहित छुटैछुटकाे प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट दिने प्रस्ताव गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ ७९ को बजेटमार्फत यस्तो प्रस्ताव गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार यस्तो प्रस्तावसहतिको ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक २०७८ ७९’ नगरसभामा पेश गरेका हुन् ।

उक्त आर्थिक विधेयकले राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी नियमित सञ्चालन गर्ने, कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी आर्थिक वर्ष ०७८र७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने, सबै करदाताका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ ।

घरलगायत बहाल (भाडा) करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ उक्त बराबर छुट दिने, कोभिड–१९ को प्रभावले परेको असरलाई मध्यनजर गरी घरधनीले बुझाउनु पर्ने बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैंयाँमध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिने प्रस्ताव छ ।

व्यवसायीले आफूले प्रयोग गर्ने गरेको व्यापारिक स्थलका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने प्रस्ताव समेत गरिएको छ । होटल, रेष्टुरेन्ट, पसललगायत व्यवसायीले यस्तो सुविधा दिन चाहे नगरबाट छुट पाउने प्रस्ताव गरिएको हो ।

त्यस्तै, आर्थिक वर्ष ०७६/७७ देखि कर वक्यौतामा लाग्ने जरिवाना पुरै छुट दिने व्यवस्था गरेको छ ।

मेयर शाक्यले करको दर नबढाई करको दायरा बढाएको बताएका छन् । करका केही शीर्षक थप गरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *