वैरागी काइँलालाई मस्तिष्क घात, ओम अस्पताल भर्ना

काठमाडौँ । साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ्ग) लाई बिहीबार राति मस्तिष्क घात भएपछि ओम अस्पताल भर्ना गरिएको छ । काइँला सुकेधारास्थित आफ्नै घरमा रहेको बेला एक्कासी बेहोश भएको पारिवारिक श्रोतले जनाएको छ ।

८२ वर्षीय काइँला एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख कृतिमा काम गरिरहेका थिए । उनको देब्रे हात चलेको छैन भने बोली पनि प्रष्ट बुझिँदैन । हाल उनी नसासम्बन्धी चिकित्सकको निगरानीमा रहेका छन् ।

वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन् । २०४७ मा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) का सदस्य भएका थिए ।

२०६६ देखि २०७० सम्म उनी प्रज्ञा प्रतिष्ठानका कुलपतिका रूपमा कार्यरत थिए । उनले मुन्दुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान गर्दै लिपिबद्ध गरी हाल सम्म दर्जनभन्दा बढी कृति प्रकाशन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *