त्रिविका आंशिक प्राध्यापकले अनलाईन कक्षा नलिने

काठमाडौं । त्रिभुवन विश्विद्यालयका  आंशिक प्राध्यापकले आफूहरुसँग गरिएका माग सनुवाई नभएको भन्दै अनलाईन कक्षा नलिने भएका छन् ।

त्रिभुवन बिश्वबिद्यालय र आंशिक प्राध्यापक संघबीच २०७७ साल पुस २४ गते भएको सम्झौता हालसम्म पनि कार्यन्वयन नभएको भन्दै अनलाइन कक्षा बन्द गर्नै निर्णय गरेको संघले जनाएको छ ।

त्रिविले सम्झौतामा  आंशिक प्राध्यापकलाई शिक्षण सहायकको सेवा सुबिधा पाउनेगरि ब्यवस्थापन गर्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नभएपछि कक्षा बहिष्कार गर्नुपरेको संघले जनाएको छ । २०७८ असार १० गते बसेको केन्द्रिय समितीको बैठकले केन्द्रिय विभाग प्राबिधिक तथा सम्पुर्ण आङगिक क्याम्पसका अनलाइन कक्षाहरु समझौता कार्यन्वयन नभएसम्मका लागि नलिने निर्णय गरेको सघंले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =