जीवन विकास लघुवित्तको आईपीओ खुला

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबारबाट सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निश्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निश्कासन गरेको हो ।

कम्पनीको सेयर निश्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार का अनुसार १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । त्यस्तै, ३० हजार ४ सय २० कित्ता कर्मचारीका लागि र ९८ हजार ८ सय ६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि जारी गरेको छ ।

कम्पनीको सेयरमा न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्तासम्म खरिदका लागि आवेदन दिन सकिन्छ । छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गतेसम्म कम्पनीको आईपीओ खुला रहने जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीकाे प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।

त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७.७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *