धनकुटा पाख्रीबासको नगरसभा चलिरहँदा नाराबाजीसहित तोडफोड (भिडिओ)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नगर सभा चलिरहेको बेला नाराबाजी सहित तोडफोड भएको छ।

नगरसभा चलिरहेको बेला बाहिरबाट गएको टोली सहित वडा नम्बर ४ का वडा अध्यक्ष समेतको सहभागीतामा नगर सभा भित्रै नाराबाजी सहित तोडफोड भएको हो ।

पाख्रीबास नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला र नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीको अगुवाइमा तोडफोड भएको नगर प्रमुख बिर्खबहादुर राईले मकालुखबरलाई बताए ।

नगरपालिकाकी उपप्रमुख देबकला पौडेल तिम्सीनाले नगर सभामा आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बाहिरबाट नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारी सहित गएको टोलीले सभाहल भित्र नाराबाजी गर्दै तोफोडमा उत्रिएको थियो ।

तोडफोडबाट नगरपालिका भवनको झ्यालका अधिकांस सीसा फुटेको छ । उनीहरुले सभाहल भित्र रहेको ५५ वटा कुर्सी तोडफोड र कार्यालयका गमला समेत फोडेको मेयर राईले जानकारी दिए ।

‘बजेट भाषण गर्दै गर्दा हल भित्र हुल हुज्जत सहितको टोली प्रबेश गरेर हामीहरुमाथि पनि हातपात गर्न खोजियो, मेयर राईले भने, यो राजनीतिक प्रतिसोध साँध्ने काम भएको छ।’ उनले यसलाई सामान्य रुपमा लिएको बताएका छन् ।

नागरिकले असन्तुष्टि जनाएकोले यसलाई सामान्य रुपमा नै लिनु पर्ने उनको प्रतिक्रिया छ। पाख्रिबास नगरपालिकाको नगरसभामा ५२ जना सदस्य रहेकोमा मध्ये वडा नम्बर ४ का अध्यक्ष निरौला बाहेक सबैको उपस्थितीमा बजेट नीति तथा कार्यक्रम पास भएको राईले बताए ।

तोडफोडमा उत्रिएको समुहले वडा भेला नगरी आफूखुसी नगरसभामा नीति बजेट तथा कार्यक्रम ल्याईएपछि बिरोध गर्नु परेको जनाएको छ । वडाध्यक्ष निरौला, कांग्रेस नगरसभापति भण्डारीसहित जनता समाजवादी, माओवादी केन्द्र लगायत पनि तोडफोडमा संलग्न रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *