सर्वोत्तम सिमेन्टले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सर्वोत्तम सिमेन्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको कार्यालय न्यौपाने टावर तीनकुनेमा बिहीबार भएको कम्पनीको विशेष साधारणसभाले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १९.११८ प्रतिशत बोनश सेयर र १.००६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी उक्त लाभांश दिने निर्णय गरेको हो ।

संस्थापक र सर्वसाधारण शेयरधनी बीचको पूँजीको अनूपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने निर्णय पनि साधारणसभाले गर्ने भएको छ ।

यसरी शेयरको संरचना परिवर्तनपछि सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट जारी गर्ने भएको छ ।

सेयर र लाभांश जारी गरेपछि कम्पनीको अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ४ अर्ब ६५ करोड हुने जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *