पाँच विद्यार्थी संगठन उत्रिए सरकारविरुद्ध सडकमा (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक भनेर भनिएको कदमको विरोधमा काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा प्रदर्शन भएको छ । विपक्षी गठबन्धननिकट प्रमुख पाँच विद्यार्थी संगठनले बिहीबार (आज)  देशभर प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल—झलनाथ खनालपक्षीय एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चानिकट पाँच विद्यार्थी संगठन नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रतिगमनविरुद्ध संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भयो’, ‘कोभिड १९ खोपको तत्काल व्यवस्था गर’, ‘असंवैधानिक कू खारेज गर’, ‘विधिको शासन लागू गर’, ‘प्रतिगमन नाइके केपी ओली मुर्दावाद’लगायतका नारा लेखिएको पर्चा—पम्पलेटहरु बोकेर प्रदेशनमा सहभागी भएका थिए ।

यसअघि बुधबार (हिजो) बसेको विपक्षी गठबन्धनको बैठकले संसद् विघटनलगायतका विषयमा सडकसंघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको थियो भने सडक संघर्षको लागि कार्यदलसमेत गठन गरेको थियो । कार्यदलमा पूर्णबहादुर खड्का, भीम रावल, देव गुरुङ र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

तस्बिरहरु हेर्नुस्ः—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *