शिक्षामन्त्रीलाई पदमुक्त गरियोस्-दलित संघ

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारलाई जातको कारण कोठा नदिइ विभेदपूर्ण व्यवहार गरेकोप्रति नेपाल दलित सघंको ध्यानकर्षण भएको जनाएको छ । कानूनले निजी तथा सार्वजनिक ठाउँमा कुनै प्रकारको जातीय विभेद गर्न नपाउने व्यवस्था भएकाले सहमति पछि कुनै बहना गरेर कोठा नदिनु अपराध हो भन्दै सघंले कारबाहीको माग गरेको छ ।

साथै थुना रही अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई शिक्षा, विज्ञापन तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पदीय मर्यादाको ख्याल नगरी प्रहरी कार्यलयमा आफैं उपस्थित भई प्रहरी र जिल्ला वकिल कार्यलयमा दवाब दिई मन्त्री र अख्तियारको दुरुपयोग गरी सरस्वती प्रधानलाई थुनामुक्त गरेर सरकारी गाडीमा राखेर नाराबाजी गर्दै साथमा लिएर गएको घटनाले राज्य आफैंले जातीय विभेद गर्नै संरक्षण गरेको र कानूनको ठाडो उल्लंघन गरेको भन्दै दलित सघंले उक्त मन्त्रीलाई पदबाट मुक्त गरी आवश्यक कारबाहीका लागि समबन्धित निकायलाई ध्यानकर्षण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सघंले यो घटनालाई लिएर सामाजिक सञ्जालमा गरिएका नकरात्मक तथा अस्वाभाविक टिप्पणीले सम्रग दलित समुदायलाई नै प्रहार गर्नै र बहसलाई गलत बाटोतर्फ मोडी घटनालाई कमजोर बनाउने र रुपा सुनारलाई मनोवैज्ञानिक रुपले हतोत्साहित गर्नै केही व्यक्तिहरुले  भड्काउन खोज्ने कार्य गरेकाले समबिन्धत निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।

यसअघि एमालेकै भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि मन्त्री श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग गरेको थियो । मन्त्री श्रेष्ठले सुनारलाई कोठा नदिएको भनि विदेभ गरेको अभियोग लागेकी सरस्वती प्रधानलाई प्रहरी हिरासतबाट छुटाइ आफ्नै गाडीमा बसाएर घर लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *