असार १७ देखि आन्तरिक हवाइ उडान सुरु हुने

काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेबाट सुरु हुने भएको छ । कोभिड–१९ को महामारीसँगै बन्द गरिएको हवाई उडान पुन सुरु गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।

कुल उडान संख्याको आधा संख्यामा मात्र उडान गर्न वायु सेवा कम्पनीहरुलाई दुईतर्फी उडानको स्वीकृति दिन मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरी निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सुझाव लिएर आन्तरिक उडानका गन्तब्यहरुको सूची प्राधिकरणलाई मन्त्रालयले पछि पठाउने जानकारी गराएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयकै सुझावका आधारमा अन्तर्राष्ट्रिय गन्तव्य किटान गरी उडानका लागि प्राधिकरणलाई पत्राचार गर्ने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *