हाम्रो परिवार, राम्रो परिवारद्वारा हेलम्बुका बाढी प्रभावितलाई राहत

काठमाडौं । हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार, राम्रो परिवारका सचिव दिपेन्द्र खण्ड्काको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१, २ र ३ मै पुगेर राहत बाँडेको थिए ।

‘उत्त क्षेत्रका बास्तबिक पिडितले आज सम्म कुनै राहत पाएका रहेनछन्,’ उनले भने, ‘हामीले केही पनि सामाग्री पाएका छैनौं भनेपछि हामीले उनीहरुलाई राहत वितरण गरेका हौं ।’

राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।

राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनि बस्नेत, सुमि बस्नेत, निता क्षेत्री, राम कार्की, गोपाल सुवेदी, अनोज पण्डित, उत्तम कार्की, अनिता खत्रि गीता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाई, अर्जुन आचार्य, प्रशान्त चौलागाई, बाबुराम भट्टराईलगायत सहभागी थिए ।

जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *