आक्रामक विस्तारको रणनीतिमा एनएमबि बैंक, ३१० कर्मचारी थप्दै, निक्षेपमा सबैभन्दा बढी ब्याज

काठमाडौं । एनएमबी बैंकले सेवा विस्तारको आक्रामक रणनीति अघि बढाएको छ । बैंकले देशैभर शाखा कार्यालयहरु, एटिएम बुथ, एक्टेन्सन काउन्टर विस्तार गरी सेवाको विस्तार गर्ने रणनीति अघि बढाएको हो । यसका लागि बैंकले विभिन्न पदमा ३ सय १० जना कर्मचारी थप गर्ने भएको छ । यसका लागि बैंकले विज्ञापन समेत प्रकाशित गरिसकेको छ । हाल बैंकमा १ हजार ७ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंक सम्बद्ध एक अधिकारी भन्छन्– ‘बैंकले उपत्यकाभित्र र बाहिर गरी केही दिनभित्रैमा १५ भन्दा बढी शाखा विस्तार गर्ने रणनीति बनाएको छ । आगामी आर्थिक वर्षमा बैंकले विस्तारको आक्रामण रणनीति अपनाउने भएको छ ।’ हाल बैंकका देशैभरी १ सय ८० शाखा कार्यालय र १ सय ३७ ओटा एटिएम बुथहरु सञ्चालनमा छन् ।

विस्तारकै रणनीति अन्तर्गत बैंकले हाल नेपालकै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी निक्षेपमा ब्याज दिने घोषणा गरेको छ । बैंकले निक्षेपमा हाल वार्षिक ८.३० प्रतिशत व्याज दिने भएको छ । यो ब्याज वाणिज्य बैंकहरु मध्येमै बढी हो ।

यस्तै सफल रणनीतिक आक्रामक योजनाका कारण एनएमबी बैंकले सन् २०१७, २०१८ र २०२० मा बेलायतको द फाइनान्सियल टाइम्स पत्रिकाले नेपालका बैंकहरु मध्ये उत्कृष्ट बैंकका रुपमा ‘बैंक अफ दि इयर’ अवार्डबाट सम्मान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *