१ अर्ब ३३ लाख भ्रष्टाचार गरेकाे आरोपमा चुडामणी शर्मासहित तीन जनालाई मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का ३ जना पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्याैट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणी शर्माविरुद्द भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको हो ।

३ जनाले १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबरको भष्ट्राचार गरेको ठहर गर्दै बुधबार आयोगले मुद्दा दायर गरेको हो ।

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक समेत रहेका चाडामणी शर्माविरुद्ध यसअघि देखि नै भष्ट्राचारको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *