महाधिवेशनकेन्द्रित छलफलका लागि पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनकेन्द्रित बैठक आह्वान गरेका छन् । नेता पौडेलले बिहीबार दियालो फुडल्याण्डमा बस्नेगरी बैठक आह्वान गरेका हुन् । पौडेलनिकट नेता गुरूराज घिमिरेले बैठकका लागि आफूलाई नेता पौडेलले खबर पठाएको बताए ।

नेता पौडेलले आगामी भदौ १६—१९मा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । उनले आफ्नो समूहमा छलफल गरेपश्चात् मात्रै घोषणा गर्ने बताएका छन् । हालका पार्टी सभापति शेरबहादुर देउवाले शनिबारदेखि सोमबारसम्म सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् । जसमा अधिकांश नेताहरुले विमलेन्द्र निधिलाई मनाएर देउवा नै सभापति बन्नुपर्ने बताएका थिए ।

उपसभापति निधिले पनि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतसँग छलफल गरिसकेका छन् । महाधिवेशन नजिकिएसँगै सभापतिमा आकांक्षीहरूले सक्रियता बढाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *