नेटवर्कमा देखिएको समस्या समाधान भयो : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । बिहानैदेखि आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको टेलिकम जनाएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोर नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको तर अहिले समाधान भएको जानकारी दिए । ‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने ।

फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *