खाने तेलको गिलेनमा लागु औषध

विराटनगर । विराटनगरबाट प्रहरीले खानेतेलको गिलेनमा लागु औषध ओसारपसार गर्नेलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो साँझ विराटनगर १६ दक्षिण गेटबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *