नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

काठमाडाैँ । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाडौंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको नेपाल टेलिकमले जनाएको छ ।

यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो । टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *