निम्बसद्वारा प्राे–टेकका १० लाखभन्दा बढी मास्क र सेनिटाइजर वितरण

काठमाडौं । निम्बस ग्रुपले कोभिड–१९ को दोस्रो लहरबाट बच्न देशभर १० लाख मास्क वितरण गरेको छ । देशभरका १७२ ठाउँमा रहेका ५० भन्दा बढी संगठनलाई निम्बसले मास्क र सेनिटइजर वितरण गरेको जनाएको हो ।

अग्रपंक्तिका कामदार र स्वयंसेवकका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको हो । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्ध निर्देशक आनन्दबगरियाले विभिन्न संघ संस्था र सरकारसँग सहकार्य गरी सहायता नपाएकाहरुलाई सहयोग गर्ने बतए । उनले भने– ‘आफ्नो ज्यान जोखिममा राखी यस महामारीविरुद्ध लड्नुहुने सबैप्रति हामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं ।’

उच्च गुणस्तरको प्रो–टेकले उत्पादन गरेका प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोलयुक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो–टेक निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

संगठन र स्वयंसेवकहरुले प्रो–टेक मास्क र सेनिटाइजर चाहिने निम्बरको वेवसाइट निम्बसबजार डट कममा गएर सम्पर्क गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *