सेयर बजार ७९ अंकले बढ्यो, सवा १० अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से भारी अंकले बढेको छ ।

सोमबार झण्डै ७१ अंकले घटेको बजार मंगलबार भने ७९.३३ अंकले बढेर परिसूचक २९१३.७४ विन्दुमा पुगेको छ । यस दिन सन्सेटिभ परिसूचक समेत १६.३४ अंकले बढेर ५३६.४८ विन्दुमा पुगेको छ ।

यस दिन २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ९७ रुपैयाँमा कारोबार भयो । यस दिन कारोबारमा आएका सम्पूर्ण कम्पनीको समूहगत सेयर सूचक बढेका छन् ।

यस दिन अपि हाइड्रोपावर, ङादी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रो, बरुण हाइड्रोपावर, एचआइडिसिएल र जानकी फाइनान्स लिमिटेडको सेयर मूल्य १०/१० प्रतिशतलका दरले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *