राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु (तस्बिरहरु)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । खेलाडी र अफिसियलको कोरोना परिक्षणपछि कीर्तिपुरस्थित टियु मैदानमा आजबाट प्रशिक्षण सुरु भएको हो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको छ । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ ।

यो पनि : राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । नेपाली टिमलाई मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिनेछन् ।

लिग अन्तर्गत ओमान र अमेरिकासँग खेलेको नेपालले ४ खेलमा ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ ।

तस्बिर: क्यान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *