राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । प्रशिक्षण आजबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु हुन लागेको हो ।

नेपाल स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्ने तयारीमा छ । प्रतियोगिता जुलाईको अन्तिममा हुने तालिका रहे पनि मिति नै भने सार्बजनिक भएको छैन ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृथु बाँस्कोटा भने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । उनले व्यक्तिगत कारण देखाएर प्रशिक्षणमा सहभागी हुन नसक्ने जनाएको क्यानले जनाएको छ । क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडीसहितको कोरोना परिक्षण गरिसकेको जनाएको छ ।

नेपाली टिमलाई मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिनेछन् । लिग अन्तर्गत ओमान र अमेरिकासँग खेलेको नेपालले ४ खेलमा ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।  १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ ।

बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी –

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब र पवन सर्राफ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *