एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर्ड गरी मनाङका ५ बाढीपीडितको उद्धार

काठमाडौं । एनएमबि बैंकले मनाङका ५ जना बाढीपीडितको हेलिकोप्टर चार्टर्ड गरेर उद्धार गरेको छ । अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र परेका ३ नावालकसहित गरि ५ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो ।

६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, ८ वर्षकी जेनिप गुरुङ र २७ वर्षकी लक्ष्मी गुरुङलाई राहत वितरण गर्न गएको टोलीले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाएको हो ।

बैंकको राहत वितरण टोलीले जिल्लाका बाढी प्रभावितलाई मिनरल वाटर, सेनिटाइजर र मास्कसमेत वितरण गरेको छ । एको थियो ।
बैंकको मनाङ शाखाका प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारी, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सोही गाउँपालिका–५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा गुणस्तरीय सामग्री वितरण भएको थियो ।

विगत केही दिनयता लगातारको भारी वर्षापछिको पहिरोले मनाङका अधिकांश नदि थुनिएका छन् । जसले गर्दा उक्त स्थानका सयौं मानिस घरवारविहीन भएका छन् । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९ सय घरधुरी आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् ।

बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पुर्याएकाे छ । चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ ।

निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *