राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र’ बिक्रीका लागि मंगलबारबाट बाेलपत्र खुला  गर्ने भएको छ । सरकारका लागि आवश्यक ऋण रकम व्यवस्थापनका लागि राष्ट्र बैंकले ऋणपत्र जारी गर्न लागेको हो । मंगलबारबाट उक्त ऋणपत्र बिक्री खुला गरिने राष्ट्र बैंकले विज्ञप्ती जारी गरेर जनाएको छ ।

‘विकास ऋणपत्र २०८४ ‘च’ नाम दिइइएको ऋणपत्रको अवधि ६ वर्षको हुने छ । यो ऋण पत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले बोलकबोल प्रक्रियामार्फत आवेदन गर्नुपर्ने छ । यसका लागि राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले असार ८ गते मंगलबार दिउँसो ३ बजेसम्ममा अनलाई विडिङ सफ्टवेयरमार्फत बोलपत्र पेश गर्नुपर्ने छ । यो ऋणपत्रमा न्युनतम ५० हजार रुपैयाँ र बढीमा ५० हजारले निःशेष भाग जाने अंकसम्म खरिदका लागि बोलपत्रमार्फत माग गर्न सक्ने छन् ।

यो ऋणपत्र खरिद गर्न इच्छुकहरुले प्रतिस्पिर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । प्रतिस्पर्धी खरिदकर्ताका लागि कुल ऋण पत्र रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीलाई १५ प्रतिशत रकमको ऋणपत्र बिक्रीका लागि छुट्याइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *