योगमा जोडिएका नेपाल‚ चीन र भारत

काठमाडौं । जुन २१ तारिख विश्वभर योग दिवस मनाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा चीनको भ्रमण गर्दा चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगै चीन-भारत सांस्कृतिक गतिविधिको सुरूवात गरेपछि चीनमा भारतीय योगको लोकप्रियता ह्वात्तै बढेको हो । अहिले चीनको युनान प्रान्तमा भारतीय योगसम्बन्धी विभाग संचालित छ भने योग र भारत एक अर्काका परिपूरक बनेका छन् ।

सन् २०१४ को सेप्टेम्बरमा संयुक्‍‍त राष्‍ट्र महासभामा प्रधानमन्त्री मोदीले गरेको अपिल बमोजिम १२३ भन्दा बढी सदस्य मुलुकहरूले प्रस्ताव पारित गरेपछि योग दिवस निश्चित भयो र २०१५ देखि मनाउन सुरू भयो । हाल योग दिवससँगै भारतीयहरू चीनभित्र योग सिकाउन हावी भएका छन् । काठमाडौंस्थित गुरुकूल योगाश्रमका संस्थापक रमेश सिटौला भन्छन्, ‘योग सबैको साझा सम्पत्ति हो । जसले पनि यसबाट लाभ लिनसक्छ ।’

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा चीनमा अनेक कार्यक्रम आयोजना गरिन्छन् । यसपटक पनि ‘योग इज लाइफ’ अर्थात योग नै जीवन हो भन्दै चिनियाँ सहभागीहरू खुसीसाथ योगाभ्यासमा संलग्न भए । शरीर, दिमाग र आत्माको स्वस्थ यात्राका लागि योगको महिमा बढ्दै गएकाले अचेल संसारभरका नयाँ पुस्तामा योगप्रतिको आकर्षण देखिन्छ ।

दिवसकै सन्दर्भमा योगले जीवनमा शारीरिक तथा मानसिक रूपान्तरणलाई टेवा पुर्‍याउने भन्दै योग गुरूहरूले अनेकन् फाइदाबारेमा जानकारी दिइरहेका छन् । विशेषतः यो कोरोना महामारीका बेलामा योगको भूमिका निकै ठूलो भएको भन्दै प्रख्यात योग प्रशिक्षकहरूले योग आसनहरू गर्न र जीवनलाई जगतसँग जोड्न सुझाव दिइरहेका छन् । काठमाडौं गुरुकूल योगाश्रमका संचालक रमेश सिटौलाले चीनका विभिन्न स्थानमा पुगेर आध्यात्मिक योगका अनेकन कक्षा लिएका छन् ।

बेइजिङस्थित चाइना मिडिया ग्रूप, नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालसँग काठमाडौंबाट कुराकानी गर्दै योग गुरू सिटौलाले चिनियाँहरू पहिला पहिला योगलाई केवल शारीरिक सौन्दर्यका रूपमा लिने गरेपनि हाल अध्यात्म र आन्तरिक शुद्धिका लागि अपनाउन उद्यत भएको बताए । योग दिवसका सन्दर्भमा गरिएको कुराकानी तलको लिंकमा भएर हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *