सेयर बजार ६३ अंकले घट्यो, ११ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट देखिएको छ ।

यस दिन सेयर बजार ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा रोकिएको हो । सेन्सेटिभ परिसूचक समेत १२.६१ अंकले घटेर ५२८.५१ बिन्दुमा समेटिएको छ ।

यस दिन ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपैयाँमा २ सय ३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन कुमारी बैंकको प्रबर्द्धक सेयर, गुर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर, रुरु हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।
यस दिन १३ ओटा समूहगत परिसूचक मध्ये कुनै पनि हरियो भएनन् । सबै राताम्ये भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *