जगदम्बा स्टिल्स कारखानामा आगलागी हुँदा दुईको मृत्यु

काठमाडौं । बाराको जितपुरसिमरास्थित जगदम्बा स्टिल्स कारखानामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । कारखानामा शनिबार ८ बजेतिर आगलागी भएको थियो ।

आगलागीमा परी ज्यान गुमाउने दुवैजना भारतीय नागरिक हुन् । भारत बिहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । आगलागीमा परी तीन जना नेपाली कामदार घाइते भएका छन् ।

घाइते रामकुमार विश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौंलागाईंको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ । पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट भट्टीमा क्षति भएको तर कति क्षति भएको यस बारेमा अध्ययन गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *