स्वास्थ्य केन्द्रमा कार्यरत महिलाको शव फेला, हत्याको आशंका

धनगढी । डडेल्धुरामा स्वास्थ्य केन्द्रमा कार्यरत एक महिलाको शव जंगलमा भेटिएको छ । जिल्लाको परशुराम नगरपालिका-९ को सामुदायिक वनमा परशुराम-८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामी शव फेला परेको हो ।

उनी गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु-याउन भनी निस्केकी थिइन् । घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगिसकेको छ। स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन् । प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खेल्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *